भारतविरुद्धको पहिलाे टेष्टमा इंग्ल्याण्डकाे फराकिलाे जित

भारतविरुद्धको पहिलो टेष्टमा इंग्ल्याण्ड दुई सय २७ रनले विजयी भएको छ । जितसँगै इंग्ल्याण्डले सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

चेन्नेईमा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा कप्तान जोय रुटको दुई सय १८ रनको मद्दतले पाँच सय ७८ रन बनायो । उसका लागि बेन स्टोकले ८२ र बोब सिब्लेले ८७ रन बनाए ।

जवाफमा भारत पहिलो पारीमा मात्र तीन सय ३७ रनमा अलआउट भयो । उसकालागि रिसब पन्तले सर्वाधिक ९१ रन बनाए भने वासिंटन सुन्दरले ८५ रनको योगदान गरे ।

पहिलो पारीमा भारी रनको अग्रता बनाएको इंग्ल्याण्ड दोस्रो पारीमा एक सय ७८ रनमा अलआउट भएपछि भारतले चार सय २० रनको विशाल लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका कुनैपनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । बलिङमा भारतका रविचन्द्रन आश्विनले ६ विकेट लिएका थिए ।

चौथो दिनको अन्तिम सेसनमा ब्याटिङमा उत्रिएको भारतले एक विकेट गुमाउँदै ३९ रन बनाएको थियो । तर पाँचौ दिन भारतको ब्याटिङ पुुर्ण रुपमा फ्लप भयो । स्पिनरलाई निकै साथ दिने किसिमको पिचमा भारत एक सय ९२ रनमा अलआउट भयो ।

भारतका लागि विराट कोहलीले ७२ रन बनाउँदा शुंभम गिलले ५० रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङमा दोस्रो पारीमा भारतलाई ध्वस्त पार्न ज्याक लिचले चार तथा जेम्स एन्डरसले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest