पञ्जावले लाेगाे फेर्ने

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएको १४ औं संस्करणका लागि किंग्स इलाभेन पञ्जाव नयाँ रंग र रुपमा खेल्ने सम्भावना रहेको जनाइएको छ । केएल राहुलको कप्तानीमा रहेको पञ्जावले २०२१ को आईपीएल नयाँ लोगोका साथ खेल्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्जावले आईपीएलमा अहिलेसम्म उल्लेख्य उपलब्धि भने हासिल गर्न सकेको छैन ।

सन् २०१४ को आईपीएलमा फाइनल पुग्नु उसको अहिलेसम्मकै ठूलो उपलव्धि हो । तर अन्य सिजन अधिकांश सिजन पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिँदै गरेको छ । युएईमा खेलिएको आईपीएलमा पनि पञ्जावको प्रदर्शन सन्तोषजनक रहेन । पञ्जावले कप्तानमा केएल राहुल र प्रशिक्षकमा अनिल कुम्बलेलाई निरन्तरता दिँदै अरु ठूला नामका खेलाडीलाई भने रिलिज गरिसकेको छ ।

पञ्जावले अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल, वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कट्रेल, अफगानिस्तानका मुजीब उर रहमान जस्ता खेलाडीलाई रिलिज गरेको हो । स्पोर्टसक्रिडाका अनुसार पञ्जावले आईपीएलको १४ औं संस्करण नयाँ नाम र नयाँ लोगोका साथ खेल्ने छ । यसको पुष्टि प्रतियोगिता अघि हुने पनि जनाइएको छ ।

आईपीएलमा टिमको नाम र लोगो परिवर्तन गर्न पाइन्छ । यसको शुरुवात दिल्लीले गरेको थियो । उसले पहिला दिल्ली डेयरडेभिल्सबाट खेल्दै आएकोमा पछिल्लो समय नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेको छ । दिल्लीबाटै नेपालका सन्दीप लामिछानेले आईपीएलमा डेब्यु गरेका थिए । तीन सिजन दिल्लीमा विताएका सन्दीप अहिले भने रिलिज भएका छन् । आईपीएलको अक्सन १८ तारिखमा हुँदै छ । उक्त अक्सनका लागि नेपालका सन्दीपसहित आठ जना खेलाडी पनि समावेश गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest