ओमानमा हुने त्रिकोणात्मक सिरिज सर्ने निश्चित

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज मार्चमा नहुने पक्का भएको छ । ओमान सरकारले पछिल्लो पटक कोरोनाको नयाँ नियम बनाएपछि प्रतियोगिता तोकेको समयमा नहुने पक्का भएको हो ।

सरकारले ओमान पुग्ने सबैलाई सात दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने ब्यवस्था गर्नुका साथै अर्को सूचना जारी नहुँदासम्म समुहमा हुने खेलको आयोजना नगर्न भनेर निर्देशन दिएको थियो । ओमानको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन लेभल थ्री को नोटिस जारी गरेपछि यो सिरिज अन्योलमा परेको थियो । तर ओमान क्रिकेट संघले सरकारलाई क्वारेन्टिनको समय केहि घटाउन अनुरोध गरेको थियो । तर सरकारले त्यसलाई अस्विकार गरेको बताइएको छ ।

त्यसपछि ओमान क्रिकेट संघले आइसीसीसँग प्रतियोगिताको मिती सार्नका लागि अनुरोध गरेको थियो । जसमा बुधबार भएको छलफलमा यो सिरिज सार्ने पक्का भएको हो ।

प्रतियोगिताको नयाँ मिती कहिले तोक्ने भन्ने एकिन भएको छैन । तर तीन महिनासम्म सर्नसक्ने बताइएको छ । प्रतियोगिता सर्ने भन्ने सूचना आइसीसीले शुक्रबारसम्म गर्ने बताइएको छ ।
अब यो प्रतियोगिता कुन समयमा हुन्छ भन्ने कुरा अन्योल बनेको छ । ओमानमा मार्चको १८ देखि २९ तारिखसम्म हुने तालिको रहेको प्रतियोगिता स्थगित हुने संकेत देखेपछि अमेरीकाले ४४ टिमको प्रशिक्षण क्याम्प स्थगित गरेको छ । यता नेपालले पनि यहि प्रतियोगिताका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।

अब नेपालले खेल्ने अर्को सिरिज जुलाईमा स्टकल्याण्डमा रहेको छ । जसमा नेपाल घरेलु टिम र नामिवियाविच प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिताको अंक तालिकामा ओमान १६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । उसले १० खेल खेलेको छ । दोस्रो स्थानमा अमेरीका रहेको छ । उसको १२ खेलमा १२ अंक छ । नेपालको भने चार खेलमा चार अंक रहेको छ । यो प्रतियोगितामा कम खेल खेल्ने देशमा नेपाल नै रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest