दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान तीन रनले विजयी

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी २० खेलमा पाकिस्तानले तीन रनको रोमाञ्चक जित निकालेको छ । विहिबार राति भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई तीन रनले हरायो । जसका कारण सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६९ रन बनायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले नटआउट शतकीय पारि खेलेका छन् ।

उनले ६४ बल फेस गर्दा सात छक्का र छ चौका प्रहार गरेका थिए । यसैगरी हैदर अलिले २१ रन बनाउँदा हुसन तलतले १५ रनको योगदान गरे । दक्षिण अफ्रिकाका एन्डल पुलकाओले २ विकेट लिएका थिए ।

जवाफमा दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६६ रन मात्र बनाउन सक्यो । उसका लागि रिजा हेन्डरिक्सले ५४ रन बनाउँदा जानिमन मालानले ४४ रनको योगदान गरे ।

तर बाँकी खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा पाकिस्तानका हेरिस रउफ र उस्मान कादिरले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest