आर्चरले दाेस्राे टेष्ट गुमाउने

भारतविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डका तिब्रगतिका बलर जोफ्रा आर्चर टिम बाहिर हुने भएका छन । उनको नाडीमा चोट लागेकाले चेन्नेईमा हुने दोस्रो टेष्ट गुमाउने भएका छन ।

२५ बर्षे आर्चरले पहिलो टेष्टमा ३०.१ ओभर बलिङ गरेका थिए । त्यो बेला नै दुखाई महसुस गरेका उनले इन्जेक्सन लगाएर खेलेका थिए ।

आर्चरले चोट बोकेपछि इंग्ल्याण्ड टिम केहि दबावमा आएको छ । अर्का तिब्रगतिका बलर मार्क उड तेस्रो टेष्टसम्म टिममा छैनन् । यस्तै स्टुवार्ट ब्रोडले पहिलो टेष्ट खेलेका थिएनन् । अब उनलाई टिममा समावेश गरिने संभावना रहेको छ ।

सन् २०१९ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका आर्चरले भारतविरुद्धको पहिलो टेष्टमा तीन विकेट लिएका थिए । गत बर्ष दाँया हातको नाडीमा चोट बोकेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest