नेपालको टी–२० बरियता यथावत

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको पछिल्लो टी २० बरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ ।

पछिल्लो एक बर्षमा कुनैपनि अन्तराष्ट्रिय सिरिज नखेलेको नेपालको बरियतामा कुनै फरकपन आएको छैन ।

नेपाल पछिल्लो केहि महिनादेखि यहि स्थानमा रहेको छ । नेपालले टी २० बरियतामा अहिलेसम्म कै उच्च ११ औं स्थान रहेको छ ।

नेपालसँगैका एसोसियट टिममा स्कटल्याण्ड १४ औं र यूएई १३ औं स्थानमा रहेका छन ।

विश्व बरियतामा इंग्ल्याण्ड शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा अष्ट्रेलिया, तेस्रोमा भारत, चौथोमा पाकिस्तान र पाँचौं स्थामा दक्षिण अफ्रिका रहेका छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest