दोस्रो टेष्टमा इंग्ल्याण्डलाई चार सय ८२ रनको विशाल लक्ष्य

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारतले चार सय ८२ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिनमा भारत दोस्रो पारीमा दुई सय ८६ रनमा अलआउट भएपछि इंग्ल्याण्डले चार सय ८२ रनको लक्ष्य पाएको हो ।

पहिलो पारीमा भारतले तीन सय २९ रन बनाएको थियो । उसका लागि पहिलो पारीमा रोहित शर्माले एक सय ६१ रनको शतकीय पारी खेले भने अजिन्क्या राहाणेले ६७ रन बनाए । यस्तै रिसब पन्तले ५८ रनको योगदान गरे ।

जसमा इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय ३४ रनमा अलआउट भयो । पहिलो पारीमा इंग्ल्याण्डको पारीलाई ध्वस्त पार्न रविचन्द्रन आश्विनले पाँच विकेट लिए ।

पहिलो पारीमा भारी अग्रता बनाएको भारतले दोस्रो पारीमा थप दुई सय ८६ रन बनाउँदै विशाल लक्ष्य दिएको हो ।

भारतका लागि आश्विनले करियरको पाँचौ शतक बनाउँदै एक सय ६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ६२ रन बनाए ।

एकै खेलमा तीन पटक पाँच विकेट लिने र शतक बनाउने आश्विन पहिलो भारतीय खेलाडी बने भने इतिहासमा दोस्रो क्रिकेटर बने । यसअघि इयान बोथामले यो रेकर्ड बनाएका थिए । । पुछारका ब्याट्सम्यान आश्विनको शतकका कारण भारतले बलियो लक्ष्य दिन सफल भयो ।

भारतविरुद्ध इंग्ल्याण्डले दोस्रो पारी सुरु गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest