किंग्स ११ पञ्जावको नाम परिवर्तन

इन्डियन प्रिमियर लिग टिम किंग्स ११ पञ्जावको नाम परिवर्तन भएको छ ।

आइपीएलको १४ औं सिजन अगाडी पञ्जावले आफ्नो नामलाई परिवर्तन गरेको हो । करिव दुई सातापछि सुरु हुने आइपीएल अगाडी पञ्जावले नाम परिवर्तन गरेर पञ्जाव किंग्स राखेको छ ।

यसअघि किंग्स ११ पञ्जावबाट आइपीएलमा सहभागिता जनाइरहेको यो टिमको नाम परिवर्तनका लागि बीसीसीआईले पनि सहमति जनाइसकेको छ । पञ्जावले नाम परिवर्तन गर्नुको खास कारण भने केहि बताएको छैन ।

आइपीएलमा पञ्जावले यो सिजनमा नयाँ सुरुवात गर्ने लक्ष्यका साथ नयाँ स्वरुपमा आउने बताइएको छ । आइपीएलको इतिहासमा पञ्जावको ठूलो सफलता भनेको उपविजेता हुनु हो । यस्तै एक पटक उपविजेता बनेको थियो ।

यसअघि दिल्लीले पनि नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्र्स राखेको थियो । त्यो भन्दा अगाडी दिल्ली डेयरडेभिल्स रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest