दोस्रो टेस्टमा भारत तीन सय १७ रनले विजयी

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारत तीन सय १७ रनले विजयी भएको छ । जितसँगै भारतले सिरिजमा एक एकको बराबरी गरेको छ ।

भारतले पहिलो पारिमा ३२९ रन बनाउँदा इग्ल्याण्ड १३४ रनमा समेटिएको थियो । पहिलो पारिमा १९५ रनको अग्रता लिएको भारतले दोस्रो पारिमा २८६ रन बनाएपछि इंग्ल्याण्डले ४८२ रनको विशाल लक्ष्य पाएको थियो । भारतका लागि रविचन्द्र आश्विनले शतकीय पारि खेल्दै भारतलाई ठूलो योगफलमा अघि बढाएका थिए ।

पहिलो टेस्ट हारको भारतले दोस्रो टेस्ट जितेसँग सिरिज एक एकको बराबरी भएको छ । भारत र इंग्ल्याण्डबीचका चार टेस्ट म्याचको सिरिज हो ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतेका सिरिज भएकाले लर्डसमा न्यूजिल्याण्डसँग उपाधिका लागि भिड्न यो सिरिज दुवै टिमका लागि महत्वपूर्ण रहेको छ ।

चौथो दिनमा नै सकिएको खेलमा भारतले इंग्ल्याण्डको दोस्रो पारीलाई ध्वस्त नै पार्यो । जसका कारण चार सय ८२ रनको लक्ष्य पक्ष्याएको इंग्ल्याण्ड दोस्रो पारीमा मात्र एक सय ६४ रनमा अलआउट भयो ।

इंग्ल्याण्डका लागि मोयन अलीले ४३ रन बनाए भने कप्तान जोय रुटले ३३, डान लरेन्सले २६ ताथ रोरे बुन्र्सले २५ रनको योगदान गरे ।

इंग्ल्याण्डको दोस्रो पारीलाई ध्वस्त पार्नका लागि टेष्टमा डेब्यु गरेका अक्सर पटेलले पाँच विकेट लिए भने रविचन्द्रन आश्विनले तीन तथा कुलदिप यादवले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest