भारत टेष्ट च्याम्पियनसिपकाे दाेस्राे स्थानमा

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा तीन सय १७ रनको भारी रनको जित निकालेको भारत आइसीसीको विश्व टेष्ट च्याम्पियनसिपको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यो हारले इंग्ल्याण्ड भने चौथो स्थानमा झरेको छ । इंग्ल्याण्ड चौथो स्थानमा झर्दा न्यूजिल्याण्ड फेरी शिर्ष स्थानमा उक्लिएको छ ।

भारतको कुल चार सय ६० अंक भउको छ । अंक तालिकामा न्यूजिल्याण्डको भारत भन्दा कम अंक भएपनि सिरिज कम खेलेकाले शिर्ष स्थानमा रहेको छ । भारतले च्याम्पियनसिप अन्तर्गत ६ सिरिजमा १० खेल जित्दा चार हारेको छ भने एक बराबरी खेलेको छ ।

यो च्याम्पियनसिपमा न्यूजिल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनलमा पुग्ने दोस्रो टिमका लागि अष्ट्रेलिया, भारत र न्यूजिल्याण्डविच प्रतिस्पर्धा छ । तर अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको सिरिज नखेल्ने निर्णयपछि न्यूजिल्याण्ड फाइनलमा पुगेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest