मेयर कप क्रिकेट फागुनकाे चाैथाे साताबाट

मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २२ सातादेखि गर्ने तयारी क्यानकाे रहेकाे छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुने प्रतियाेगिताका लागि नेपाल क्रिकेट संघ क्यानले तयारी तीब्र पारेको छ । नेपाली क्रिकेट टिमले ओमान सिरिजका लागि तयारी गरिरहेका बेला ओमान सिरिज कोरोना भाइरसको महामारीका कारण स्थगित भएपछि खेलाडीहरुलाई प्रतियोगितामा ब्यस्त बनाइराख्नका लागि यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा तीन वटा विभागीय टिम र हालै प्रधानमन्त्री कप खेलेका सात वटा प्रदेशबाट उत्कृष्ट खेलाडी छनोट गरि अर्को एउटा टिम तयार पार्ने जनाइएको छ ।

मेयर कपका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने सम्झौता २ साताअघि सम्झौता गरेको थियो । महानगरपालिकासँग भएको सम्झौता अनुसार चैत मसान्तभित्र प्रतियोगिता गरिसक्नु पर्ने प्रावधान राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest