फाफ डुप्लिसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लिसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।

३६ बर्षे डुप्लिसिसले आज टेष्ट क्रिकेटबाट सन्यास लिने निर्णयमा पुगेको बताएका छन । अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमण रद्ध गरेको केहि दिनमा नै डुप्लिसिसले टेष्टबाट सन्यास लिने निर्णय गरे । उनले आफ्नो इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन ।

उनले अब आफ्नो ध्यान टेष्टमा भन्दापनि सिमित ओभरको खेलमा हुने बताएका छन । आगामी दुई बर्षमा टी २० विश्वकप हुने भएकाले त्यसको तयारीका लागि पनि आफुले टेष्ट छोड्नुपर्ने बताएका छन । यसका साथै उनले विश्वमा धेरै भन्दा धेरै प्रतियोगिता खेल्ने चाहना रहेको र छोटो फरम्याटमा राम्रो खेलाडी बन्ने चाहना रहेको बताएका छन ।

उनले अब नयाँ च्याप्टरको थालनी गर्नुपर्ने बेला आएको बताएका छन । सन् २०१२ मा डुप्लिसिस अष्ट्रेलियाविरुद्ध एडीलेडमा डेब्यु गरेका थिए । सो टेष्टको पहिलो पारीमा नै उनले ७८ रन बनाएका थिए भने दोस्रो पारीमा शतक प्रहार गरेका थिए ।

उनको करियरको अन्तिम टेष्ट पाकिस्तानविरुद्ध रावलपिण्डीमा खेलेका थिए । उनले टेष्टमा १० शतक र २१ अर्धशतकका साथ चार हजार एक सय ६३ रन बनाएका छन । उनको टेष्टमा उच्च स्कोर एक सय ९९ रनको रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest