Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

आईपीएलकाे अक्सनमा सन्दिपलाई कुन टिमले खरिद गर्ला ?

by cricnepal.com Staff
February 17, 2021 - Updated on February 18, 2021
0

आईपीएल २०२१ मिनी अक्सन १८ फेब्रुअरी २०२१ मा चेन्नईमा हुने छ। सबै टोलीले अक्सन अघि उनीहरूको नाम कायम राखेका र रिलिज गर्ने खेलाडीहरूको सूची घोषणा गरेका छन्। आरसीबी र एसआरएचले क्रमशः सबैभन्दा बढी र कम संख्यामा खेलाडीहरू जारी गरेका छन्। अन्य टोलीहरूले पनि खेल योजनाको आधारमा बिभिन्न किसिमका खेलाडीहरू जारी र राखेका छन्।

ग्लेन म्याक्सवेल र स्टीव स्मिथजस्ता ठूला विदेशी खेलाडीहरूलाई उनीहरुको टिमले रिलिज गरिसकेका छन् । र यी ठुला खेलाडीहरुको बिचमा रहेको एउटा नाम हो, युवा नेपाली स्पिनर, सन्दीप लामिछाने। लामिछानेले २०१८ मा दिल्ली फ्रेन्चाइजीबाट आईपीएलको शुरुआत गरेका थिए र यस वर्ष रिलिज हुनुअघि ३ सिजनका लागि टीमसँगै थिए।

जसमा उनले १३ विकेट पनि लिएका छन् । आईपीएल २०२० युएईमा खेल्ने क्रममा दिल्लीको आर अश्विन, अमित मिश्रा र एक्जोर पटेलको कडा र अनुभवी स्पिन हमलाले सन्दिपलाई पूरै सिजन बाहिर राख्न बाध्य तुल्यायो।

आइपीएल २०२१ अक्सनमा सन्दिपलाई छनोट गर्न सक्ने ४ शिर्ष टिमहरु ।

१. मुम्बई इन्डियन्स

२०२१ को अक्सनमा सन्दिपलाई खरिद गर्नसक्ने टिमका रुपमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स रहेको छ । भारतीय एक सञ्चारमाध्यमका अनुसार यो सिजनमा मुम्बई स्पिनरको खोजीमा हुनेछ ।

साविक विजेता मुम्बईले २०२० को आइपीएल मुख्य गरि तीन जना तिब्रगतिका बलरलाई लिएर खेलेको थियो । यदि यो सिजनको आइपीएल भारतमा भएको खण्डमा मुम्बईले आफ्नो रणनिती परिवर्तन गरेर स्पिनरलार्ई टिममा राख्ने संभावना रहेको छ ।

यो सिजनका लागि उसले टिममा रहेका चार विदेशी खेलाडीलाई रिलिज गरेको छ । जसमा मिचेल म्याक्लेनेघन, नाथन कोल्टनेल, जेम्स पाटिन्सन, लसिथ मालिंगा रहेका छन ।

मुम्बई टिममा सात खेलाडीको स्थान खालि रहेको छ । जसमा चार विदेशी खेलाडीको कोटापनि रिक्त छ । मुम्बईको टिममा राहुल चाहर बाहेक अरु स्पिनरको नाम छैन । तिब्रगतिका बलर ट्रेन्ट बोल्टको ब्याकअपका रुपमा मुम्बईले राम्रो विकल्प खोजिरहेको छ । एक सिजन अगाडी मुम्बईले श्रीलंकल स्पिनर अकिला धनन्जयलाई ट्राइ गरेको थियो । तर उनले खेलमा प्रभाव जमाउन सकेनन् ।

यदि यो सिजनमा मुम्बईले सन्दिपलाई खरिद गरेमा अवस्था फरक हुन सक्ने क्रिकेट ट्रयाकरले बताएको छ । मुम्बईले जसप्रित बुर्माल, ट्रेन्ट बोल्ट, राहुल चाहर सन्दिपको कम्बिनेसन टिमलाई राम्रो हुनसक्ने आंकलन गरिएको छ ।

२. राजस्थान रोयल्स

आइपीएलको अक्सनमा सन्दिपमा चासो दिन सक्ने टिममा एक हो राजस्थान रोयल्र्स । यो मिनी अक्सनमा राजस्थानले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने स्लट खालि रहेको छ । यसअघिका कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको राजस्थानले सञ्जु सामसनलाई पहिलो पटक कप्तानी दिएको छ ।

राजस्थानले टिममा चार विदेशी खेलाडी लिने प्रावधानमा तीन जना जोफ्रा आर्चर, बेन स्टोक र जोस बट्लरलाई भित्र्याउन कुनै कसर बाँकी राख्ने छैन । चौथो विदेशी खेलाडीका रुपमा उसले सन्दिपलाई ल्याउने संभावना कायमै छ ।

किनकी सन्दिपलाई अनुबन्ध गरेमा उसलाई नेपाली समर्थकको साथ पाइन्छ भन्ने पुर्ण रुपमा थाहा छ । त्यसमा पनि यो सिजनमा राजस्थानले केहि परिवर्तनको रणनिती अपनाएको छ । उसले युवा खेलाडीलाई टिममा राख्ने योजना बनाएको छ ।

३. पंजाब किंग्स

गत सिजन प्लेइङ ११ खोज्नमै झन्झट देखिएको पंजाबले यस सिजन पुर्ण तयारी थालेको देखिन्छ ।

उनीहरुले मुजिब उर रहमानलाई रिलीज गरेको छ । जसले २०२० आईपीएलमा धेरै खेल खेलेका थिएनन् । यो पटक उनको स्थानमा बिकल्पका रूपमा सन्दीप लामिछानेलाई टीममा लिने संभावना पनि कायमै छ ।

लामिछानेले विश्वभरि धेरै टी २० लीग खेलेका छन् र त्यहाँ उनको अनुभव उपयोगी हुनेछ। त्यसमा पनि भारतीय भूमीमा स्पिनरको फाइदा टिमले राम्रो बुझेको पनि छ । यदि एक मौका दिइयो भने सन्दिपले टिमको साथमा राम्रो प्रदर्शन गर्न सक्नेछन् ।

४. कोलकता नाइट राइडर्स

गत सिजन अन्तिम प्लेअफ स्थानको लागि प्रतिस्पर्धा गर्ने धेरै टोलीमध्ये नाइट राइडर्स पनि एक थियो । सुनील नारेनले गत सिजनमा केकेआरको लागि ब्याटिङ खोलेका थिए तर त्यसले प्रभाव पार्न सक्छ।

त्यसो भए, यदि उनलाई एक अलराउन्डरको रूपमा खेलाइने छैन भने उसलाई प्रतिस्थापन गर्न उचित स्पिनरको आवश्यक पर्दछ।

नारेन र रसेलको पछिल्लो सिजनमा धेरैपटक घाइते भएका थिए, यदि फेरि यस्तै केही भयो भने, उनीहरु लामिछानेमा एक उत्तम ब्याकअप हुनेछ।

उनले बलिङ लाइनअपमा आवश्यक सहयोग गर्न सक्ने संभावा छ ।  उनीहरूको टोलीमा कुलदीप यादव बाहेक अरू कुनै लेगस्पिनर छैन ।

Tags: Sandeep Lamichhane

सम्बन्धित समाचार

सन्दिप अक्सनमा विक्रि भएनन्

आइपीएलको अक्सनमा सन्दिपलाई कुन टिमले खरिद गर्ला ?

आइपीएलकाे अक्सनमा सन्दिपकाे मुल्य न्युनतम ४० लाख भारु

द हन्ड्रेडका लागि सन्दिपलाई ओभल इन्भिन्सिबल्सले गर्याे रिटेन

सन्दिपकाे महंगाे बलिङ, बने विकेटबिहिन

बिग ब्यास लिगमा सन्दिपले २ विकेट, हाेबर्ट ७ रनले विजयी

Load More
Next Post

आइपीएलको अक्सनमा सन्दिपलाई कुन टिमले खरिद गर्ला ?

इंग्ल्याण्डका बलर मार्कले आइपीएलको अक्सनबाट नाम फिर्ता

Discussion about this post

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट

मेयर कप फागुन २२ देखि २९ गतेसम्म

मोटेरा क्रिकेट स्टेडियमकाे नाम परिवर्तन हुने

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal