इंग्ल्याण्डका बलर मार्कले आइपीएलको अक्सनबाट नाम फिर्ता

इन्डियन प्रिमियर लिगको अक्सनबाट इंग्ल्याण्डका तिब्र गतिका बलर मार्क उडले नाम फिर्ता लिएका छन । चेन्नेईमा आज हुने अक्सनबाट मार्कले अन्तिम समयमा नाम फिर्ता लिएका हुन ।

३१ बर्षे मार्कले ब्यक्तिगत कारणले अक्सनबाट नाम फिर्ता लिएका हुन । मार्कले पनि नाम फिर्ता लिएपछि आइपीएलको अक्सनबाट फिर्ता हुने इंग्लिस खेलाडीको संख्या १६ पुगेको छ ।

यसअघि एलेक्स हल्स, मोयन अली, जेसोन रोयले पनि नाम फिर्ता लिएका थिए । अब आइपीएलको अक्सनमा कुल दुई सय ९१ जनामा बोली लाग्ने भएको छ । जसमा एक सय ६४ भारतीय र एक सय २४ विदेशी खेलाडी रहेका छन । यस्तै तीन एसोसियट खेलाडीमा बोलि लाग्नेछ ।

बीसीसीआईले यो सिजनको आइपीएल भारतमा नै गर्ने योजना बनाएपनि आधिकारीक घोषणा भने गर्न बाँकी रहेको छ । प्रतियोगिताको मिती पनि घोषणा गर्न बाँकी रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest