माेरीस आइपीएलको इतिहासकै महंगो खेलाडी, राजस्थानले १६.२५ कराेडमा खरिद

दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरीस आइपीएलको इतिहासकै महंगो खेलाडी बनेका छन । चेन्नेईमा भएको अक्सनमा मोरिसलाई १६ करोड २५ लाख रुपैयामा राजस्थान रोयल्सले अनुबन्ध गरेको छ ।

७५ लाख रुपैयाँ बेस प्राइस रहेको मोरिसमाथि मुम्बईले रोयल च्यालेञ्जर्स बैंग्लोरले बोली लगाएका थिए । अक्सनमा यी दुई टिमले मात्र बोली लगाएका थिए ।

तर पछि राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बैंग्लोर विच निकै प्रतिस्पर्धा चलेको थियो । जसमा अन्तिममा राजस्थानले उनलाई अनुबन्ध गर्न सफल भयो ।

मोरिस आइपीएलको इतिहासमा सर्वाधिक महंगो खेलाडी बने । उनले भारतीय खेलाडी युवराज सिंहको १६ करोड भारतीय रुपैयाँको रेकर्डलाई पनि तोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest