साहरुख खान र गोथाम महंगो रकममा विक्रि

अस्ट्रेलियन तीब्र गतिका बलर जोय रिचर्डसन आईपीएल २०२१ को सिजन पञ्जाव किंग्सबाट खेल्ने भएका छन् ।

१ करोड ५० लाख न्यूनतम मूल्य राखेका रिर्चडसनलाई चेन्नाईमा आज भएको अक्सनमा पञ्जावले १४ करोडमा खरिद गरेको हो । यसैग्री अस्ट्रेलियाका एलेक्स केरी, श्रीलंकाका कुशल परेरा, ग्लेन फिलिप्स, साम विलिंग्सलाई भने कुनै पनि टिमले लिएनन् ।

यस्तै पञ्जावले टी २० वरियताको शीर्ष स्थानमा रहेका ब्याट्सम्यान डेविड मलान भने पञ्जावमै आवद्ध भएका छन् । उनलाई पञ्जावले एक करोड ५० लाखमा अनुबन्ध गरेको हो ।

पञ्जावले युवा खेलाडी साहरुख खानलाई ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनबुन्ध गरेको छ ।

२० लाख बेसप्राइस रहेको उनलाई बैंग्लोर र पञ्जावविच अन्तिमसम्म मोलमोलाई भएको थियो । अन्तिममा बैंग्लोरले बोली नलगाएपछि पञ्जावले उनलाई अनुबन्ध भयो ।

यस्तै कर्नाटकाका अलराउण्ड कृष्नप्पा गोथामलाई सात करोड २५ लाखमा चेन्नेईले खरिद गर्यो ।

चेन्नेईसँग हैदरावादले अन्तिमसम्म बोली लगाएका थिए । जसमा अन्तिममा हैदरावादले ब्याक गरेपनि चेन्नेईले उनलाई महंगो रकममा अनुबन्ध गर्न सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest