सन्दिप अक्सनमा विक्रि भएनन्

नेपाली क्रिकेटर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिगको अक्सनमा अनसोल्ड भएका छन । लगातार तीन सिजनमा दिल्लीबाट खेलेका सन्दिप अनसोल्ड भएका हुन ।

उनको बेस प्राइस ४० लाख रुपैयाँ रहेकोमा कुनैपनि खेलाडीले उनीमाथि बोली लगाउन इच्छा देखाएनन् । तीन सिजनमा दिल्लीबाट खेल्दा अघिल्लो सिजनमा उनी पुरै सिजन बेन्चमा बसेका थिए ।

आइपीएलमा नौ खेलमा १३ विकेट लिएका सन्दिप यो सिजनको अक्सनमा नेपालबाट सर्टलिष्ट हुने एक्लो खेलाडी थिए ।

विश्वका प्रायः सबै फ्रेन्चाइजी लिग खेलेका सन्दिप अघिल्लो महिना बिग ब्यास लिग खेलेका थिए । उनले आइपीएलमा सुरुवाती दुई सिजन खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest