Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

पोखरामा अन्तर क्लब राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन १७ देखि

by Kris T
February 23, 2021
0

Cricket Ground in Pokhara

कास्की, १० फागुन (रासस): पोखरामा आगामी फागुन १७ देखि २६ गतेसम्म ‘सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट‘ प्रतियोगिता सञ्चालन हुने भएको छ ।

केएन स्पोर्टस प्रालिको आयोजनामा क्रिकेट खेलको विकासका लागि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक कमल थापाले बताउनुभयो ।

कोरोना कहरका कारण लामो समय क्रिकेट प्रतियोगिता नभएको अवस्थामा सो प्रतियोगिताले क्रिकेट खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनमा सघाउने विश्वास आयोजकको छ । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ को नारासहित आयोजित प्रतियोगितामा गण्डकी प्रदेशका चार र वाग्मती प्रदेशका चार गरी आठ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जेनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, स्याङ्जा क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौँ, मिक्समाण्डु क्लब काठमाडौँ र स्टन एकेडेमी चितवन सहभागी हुने निश्चित भएको प्रतियोगिता संयोजक थापाले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा प्रतियोगिता खेलाइने र समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा द्वितीय टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई छुट्टाछुट्टैरुपमा आकर्षक पुरस्कार प्रदान गरिने र हरेक खेलमा ‘म्यान अफ दी म्याच’लाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय सदस्य ऋषिराम गौतमले देशका सातवटै प्रदेशमा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि क्यानले आफ्नो क्यालेन्डरमा राखेको जानकारी दिँदै प्रतियोगिताका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो ।

क्यानले राष्ट्रिय प्रशिक्षकसहित आफ्नै स्रोतबाट सबै प्रदेशमा एक-एकजना क्रिकेटका प्रशिक्षक नियुक्त गरेको उहाँले बताउनुभयो । कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको पोखरामा पछिल्लो समय खेलकूद प्रतियोगिता सञ्चालन भएका छन् ।

सम्बन्धित समाचार

इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट

मेयर कप फागुन २२ देखि २९ गतेसम्म

मोटेरा क्रिकेट स्टेडियमकाे नाम परिवर्तन हुने

गेल २ बर्षपछि राष्ट्रिय टिममा कमब्याक गर्दै

क्रिकेट टिमकाे बन्द प्रशिक्षण स्थगित

द हन्ड्रेडमा सन्दिपकाे टिम ओभलले पहिलो खेल म्यानचेस्टरसँग खेल्ने

Load More
Next Post

श्रीलंकन टिमकाे टी-२० काे नयाँ कप्तान शनाका

बाउन्सर बलको नियमलाई एमसीसीले रिभ्यु गर्ने

Discussion about this post

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट

मेयर कप फागुन २२ देखि २९ गतेसम्म

मोटेरा क्रिकेट स्टेडियमकाे नाम परिवर्तन हुने

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal