श्रीलंकन टिमकाे टी-२० काे नयाँ कप्तान शनाका

श्रीलंकाको टी-ट्वान्टी क्रिकेट टिमको कप्तानमा अलराउण्डर दासुन शनाका नियुक्त भएका छन् ।

श्रीलंकाले वेस्ट इन्डिज भ्रमणको लागि टिमकाे घोषणा गर्दै शनाकालाई नयाँ कप्तानकाे जिम्मेवारी दिएकाे हाे । वेस्ट इन्डिज भ्रमणका लागि श्रीलंकाले २० खेलाडीको घोषणा गरेको छ ।

एकदिवसीय टिमको कप्तान भने दिमुथ करुनारत्ने रहेका छन् । श्रीलंकाले घोषणा गरेको टिममा लाहिरु कुमारा छैनन् ।

कोरोना भाईरसको संक्रमण देखिएपछि कुमाराले वेस्ट इण्डिज भ्रमण गुमाउने भएका हुन् । उनको स्थानमा श्रीलंकाले सुरंगा लकमाललाई टिममा बोलाएको छ ।

श्रीलंकाले मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्नेछ । भ्रमण दौरान दुई टिमबीच टी(ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिज हुनेछ ।

तीन खेलको टी(ट्वान्टी सिरिज मार्च ३ मा सुरु हुनेछ । यस्तै तीन खेलको एकदिवसीय सिरिज मार्च १० मा सुरु हुनेछ । दुई खेलको टेस्ट मार्च २१ बाट सुरु हुने तालिका रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest