बाउन्सर बलको नियमलाई एमसीसीले रिभ्यु गर्ने

मेरलिबोन क्रिकेट क्लव एमसीसीले खेलमा बलरले गर्ने बाउन्सको नियमका विषयमा रिभ्यू गर्ने भएको हो ।

एमसीसीको विश्व क्रिकेट कमिटीले भिडियो कन्फ्रेन्सबाट खेलाडीको सुरक्षाका लागि बाउन्सर बलको नियमलाई रिभ्यू गर्ने भएको हो ।

सर्ट पिचमा फालिने बलले ब्याट्सम्यानको स्वास्थ्यमा केहि समस्या हुने भन्दै यसको नियमलाई रिभ्यू गर्नुपर्ने बताएको छ ।

इंग्ल्याण्डका पूर्व कप्तान माइक गटिङको संयोजकत्वमा रहेको कमिटीले ब्याट र बलको सन्तुलन मिलाउनका लागि नियममा रिभ्यू गर्नुपर्ने बताएको छ ।

समितीका केहि सदस्यले बाउन्स बलको नियम परिमार्जन गरेर अम्पायर कल भनेरपनि नियम बनाउनुपर्ने धारणा राखेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest