श्रीलंकन क्रिकेटर थरंगाद्वारा सन्यासकाे घाेषणा

श्रीलंक क्रिकेटर उपल थरंगाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले सोसियल मिडियामा विज्ञेप्ती राख्दै खेलाडी जीवनबाट सन्यास लिएको बताएका हुन ।

बायाँ हाते ब्याट्सम्यान थरंगाले अन्तिम पटक राष्ट्रिय टिमबाट सन् २०१९ को मार्च महिनामा खेलेका थिए । उनले खेलाडी जीवनमा दिएको मायाका लागि धन्यवाद बनेका छन ।

श्रीलंकाबाट ३१ टेष्ट, दुई सय ३५ एकदिवसिय र २६ टी २० खेलेका थरंगाले टेष्टमा एक हजार सात सय ५४ रन बनाएका थिए । जसमा तीन शतक र आठ अर्धशतक बनाएका थिए ।

यस्तै उनले एकदिवसिय क्रिकेटमा ६ हजार नौ सय ५१ रन बनाएका थिए । समा १५ शतक र ३७ अर्धशतक रहेका थिए ।

यस्तै टी २० मा उनले २६ खेलमा चार सय सात रन बनाएका थिए । उनले श्रीलंकाका लागि छोटो समय कप्तानी पनि गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest