द हन्ड्रेडमा सन्दिपकाे टिम ओभलले पहिलो खेल म्यानचेस्टरसँग खेल्ने

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

जसमा पुरुष तर्फ नेपाली क्रिकेटर सन्दिप लामिछाने आबद्ध भएको टिम ओभलले पहिलो खेल म्यानचेस्टर ओरिजिनल्र्ससँग खेल्ने भएको छ ।

आयोजकले खेल तालिका सार्वजनिक गर्दै पहिलो खेल जुलाई २२ ताखिरमा ओभल लण्डनमा हुने जनाएको छ । प्रतियोगिताको दोस्रो खेलमा ब्रमिङघम फोनिक्स र लण्डन स्प्रिटविच हुनेछ ।

सन्दिपको टिम ओभलले प्रतियोगिताको दोस्रो खेलमा लण्डन स्प्रिटसँग खेल्नेछ भने तेस्रो खेल नर्दन सुपरचाजर्सविरुद्ध उत्रनेछ ।

सन् २०२० मा नै हुने भनिएको यो प्रतियोगिता कोरोनाका कारण एक बर्ष सरेको थियो ।

यो प्रतियोगितामा ओभलले सन्दिपलाई रिटेन गरेको हो । उनको मुल्य करिव एक लाख पाउण्ड रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest