क्रिकेट टिमकाे बन्द प्रशिक्षण स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण केहि समयका लागि स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले दोस्रो चरण प्रशिक्षणमा बोलाएका खेलाडीको प्रशिक्षण केहि समयका लागि स्थगित गरेको हो ।

क्यानले यहि महिनाको तेस्रो साता मेयर कप क्रिकेट प्रतियोगितापनि गर्न लागेको छ । त्यो प्रतियोगिताको तयारी गर्नुपर्ने भएकाले पनि अहिले क्याम्पलाई रोकेको हो । कीर्तिपुर मैदानमा हुने मेयर कपमा पनि अहिले क्याम्पका रहेका प्रायः खेलाडी नै खेल्नेछन ।

क्यानले दोस्रो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । मेयर कपमा तीन विभागिए र दुई अरु टिम गरेर पाँच टिमको सहभागिता रहने बताइएको छ । पीएम कपको सेमिफाइनलमा पुगेका चार टिम र अरु प्रदेशका उत्कृष्ट खेलाडी गरेर एउटा टिम बनाइने भएको छ ।

एक दिवसिय विधामा हुने प्रतियोगिता एक साता चल्ने भनिएको छ । जसमा एक टिमले चार वटा खेल खेल्ने बताइएको छ ।

क्यानले नयाँ प्रशिक्षक डेभ ह्वाटमोर आएपछि खेलाडीलाई केहि समयसँगै राखौं भन्ने धारणालाई पुरा गरेको र ओमानमा हुने सिरिजपनि स्थगित भएकाले अब क्याम्पलाई पनि स्थगित गर्नुपर्ने अवस्था आएको बताएको छ ।

क्यानले प्रशिक्षक ह्वाटमोरसँग पहिलो चरणमा २१ खेलाडीलाई राखेको थियो । त्योबाट छनोट गरेर दोस्रो चरणमा २० खेलाडीलाई प्रशिक्षणमा राखेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest