गेल २ बर्षपछि राष्ट्रिय टिममा कमब्याक गर्दै

वेष्ट इन्डिज क्रिकेटर क्रिस गेल दुई बर्षपछि राष्ट्रिय टिममा फर्किने भएका छन ।

श्रीलंकाविरुद्धको टी २० सिरिजका लागि गेललाई वेष्ट इन्डिज क्रिकेट बोर्डले टिममा बोलाएको छ ।

४१ बर्षे गेललाई आगामी टी २० विश्वकपलाई लक्षित गरेर टिममा बोलाएको हो ।

हाल पाकिस्तान सुुपर लिग खेलिरहेका गेल राष्ट्रिय टिममा बोलाएपछि स्वदेश फर्किने भएका छन ।

श्रीलंकासँगको सिरिज सकिएपछि गेल फेरी पीएसएलका लागि पाकिस्तान फर्किने बताइएको छ ।

राष्ट्रिय टिममा फर्किनुअगाडी गेलको फिटनेस परिक्षण हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest