मोटेरा क्रिकेट स्टेडियमकाे नाम परिवर्तन हुने

अहमदावादमा बनेको विश्वकै ठूलो मोटेरा क्रिकेट स्टेडियमका नाम परिवर्तन हुने भएको छ । यो रंगशाला बनेपछि पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट सिरिज हुन गइरहेको छ । त्यो भन्दा अगाडी यो रंगशालाको विधिवत रुपमा उद्घाटन गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले यो रंगशालाको उद्घाटन गरेका छन । अब यो स्टेडियमको नाम मोटेराबाट परिवर्तन गरेर नरेन्द्र मोदी स्टेडियम राखिने भएको छ ।

एशियाली क्रिकेट काउन्सिलको प्रमुख जय शाहले राष्ट्रपति कोविंदलाई उपहार दिएर सम्मान पनि गरेका थिए । यो रंगशालाको अवधारणा प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको र त्यहि अनुसार बनेकाले पनि अब यो नाम परिवर्तन हुने भएको हो ।

सात सय करोड भारतीय रुपैयाँमा बनेको यो रंगशालामा ओलम्पिक साइजको पौडी पोखरी, चार वटा ड्रेसिङ रुम रहेका छन । ६८ एकडमा बनेको यो रंगशालामा क्रिकेट बाहेक बक्सिङ, ब्याटमिन्टन, टेनिसको कोर्त रहेको छ ।

यसका साथै गुजरातका मुख्य मन्त्री नितिन पटेलले यो रंगशालाका नजिकै दुई सय ५० करोडका लागतमा विश्वकको सबै भन्दा ठूलो स्पोर्टस कम्प्लेक्स बनेको घोषणा गरेका छन । क्रिकेटमात्र होइन अरु खेलका लागि पनि अब यो ठाउँ विश्वमा ठूलो कम्प्लेक्स हुने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest