मेयर कप फागुन २२ देखि २९ गतेसम्म

काठमाडौं महानगरपालिको सहयोगमा नेपाल क्रिकेट संघको आयोजनामा हुने काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि २९ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा माघमा भएको प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टिम र थप एक टिम गरेर पाँच टिमको सहभागिता हुने भएको छ ।

जसमा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस र बागमती प्रदेशसँग काठमार्डौ महानगरपालिकाको टिमले सहभागिता जनाउने भएको छ ।

महानगरपालिकाको टिममा प्रदेश एक, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमबाट खेलाडी छनोट गरेर एक टिम बनाइने भएको छ ।

प्रतियोगिता कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा सहभागि सबै टिमले एकले अर्कासँग खेलेपछि शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest