भारतविरुद्धको तेस्रो टेष्टमा इंग्ल्याण्डको निकै खराव सुरुवात भएको छ ।
इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ४८ ओभर दुई बलमा ध्वस्त भयो ।
इंग्ल्याण्डका ज्याक क्राउलीले ५३ रन बनाउनुबाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन् ।
उसका दुई खेलाडीले खाता खोल्न सकेनन् । कप्तान जोय रुटले १७ रन बनाउादा बेन फोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाए ।
बलिङमा भारतका अक्सर पटेलले ६ विकेट लिए भने रविचन्द्रन आश्विनले तीन विकेट लिए ।