हफिजद्वारा नयाँ सम्झाैता अस्विकार

पाकिस्तान क्रिकेट टिमका अनुभवी खेलाडी मोहम्मद हफिजले बोर्डको नयाँ सम्झौतालाई अस्विकार गरेका छन । हफिजलाई पाकिस्तान क्रिकेट बोर्डले सी श्रेणीमा राखेपछि उनले सम्झौता गर्न अस्विकार गरेका हुन ।

बोर्डले सबै भन्दा तल्लो श्रेणीमा आफुलाई राखेको भन्दै सम्झौता गर्न अस्विकार गरेका हुन ।

सन् २०१९ देखि बोर्डको केन्द्रिय सम्झौतामा नरहेका हफिजलाई २०२० मा ए श्रेणीको जति म्याच फी दिने सम्झौतामा खेलाइएको थियो ।

तर त्यसमा उनीसँग आधिकारीक सम्झौता भने भएको थिएन । उनले मौखिक सहमतिमा एक बर्ष ए श्रेणीको म्याच फी पाएर खेलेका थिए ।

उनले २०२० मा आफुलाई उत्कृष्ट सावित गर्दै राम्रो प्रदर्शन गरेका थिए । तर पछिल्लो पटकको श्रेणी बर्गिकरणमा उनले सहमति जनाएका छैनन् ।

यस्तै मोहम्मद रिजवानलाई बोर्डले ए श्रेणीबाट बी मा झारेको छ भने फवाद आलम यसअघि ए प्लसमा हुँदा अहिले सी श्रेणीमा राखेको छ ।

रिजवान र आलमले बोर्डको नयाँ बर्गिकरणलाई स्विकार गरेपनि हफिजले भने अस्विकार गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest