अष्ट्रेलियाविरूद्धकाे दाेस्राे टी-२० खेलमा न्यूजिल्याण्ड ४ रनले विजयी भएकाे छ ।
पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।
उसका लागि मार्टिन गुप्टिलले ९७ रन बनाए भने कप्तान केन विलियम्सनले ५३ रनको पारी खेले । यस्तै जेम्स निशमले अविजित ४५ रन बनाए । बलिङमा केन रिचार्डसनले ३ विकेट लिए ।
न्युजिल्याण्डले दिएको २ सय २० रनको लक्ष्य पक्ष्याएकाे अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर २ सय १५ रनमा राेकियाे ।
अष्ट्रेलियाका लागि मार्कुस स्टोनिसले ७८ रन बनाउँदा जोस फिलिपले ४५ रन जाेडे । यस्तै डानिल सामले ४१ र म्याथ्यु वेडले २४ रन बनाए ।
न्युजिल्याण्डका मिचेल स्टानरले ४ विकेट लिए । जेम्स निशमले २ विकेट लिए ।
जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले २-० को अग्रता बनाएको छ ।