भारतकाे पहिलाे पारीमा कमजाेर

इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा भारतको ब्याटिङपनि धरासायी बनेको छ । भारत पहिलो पारीमा मात्र एक सय ४५ रनमा अलआउट भएको छ ।

अहमदावादको नरेन्द्रमोदी स्टेडियममा जारी टेष्टको पहिलो दिनको दोस्रो शस्त्रमा पाहुना टिम मात्र एक सय १२ रनमा अलआउट भएको थियो । त्यसपछि ब्याटिङ गरेको भारतले पहिलो दिन सकिदा ९९ रन बनाएर तीन विकेट गुमाएको थियो ।

डे नाइट टेष्टको दोस्रो दिनको पहिलो सेसनमा भारतको ब्याटिङ ध्वस्त बन्यो । जसका कारण भारत पहिलो पारीमा एक सय ४५ रनमा अलआउट भयो ।

उसका लागि रोहित शर्माले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले २७ रन बनाउँदा रविचन्द्रन आश्विनले १७ र शुभंम गिलले ११ रन बनाए । इशान्त शर्माले १० रन जोडे । बलिङमा इंग्ल्याण्डका जोय रुटले पाँच तथा ज्याक लिचले चार विकेट लिए ।

जसका कारण भारतले पहिलाे पारीमा ३३ रनकाे अग्रता बनाएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest