अहमदावादकाे पिचमा इंग्ल्याण्ड टिमकाे बिजाेग

इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्टमा घरेलु टिम भारतले मात्र ४९ रनको लक्ष्य पाएको छ ।

इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट भएको थियाे । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ४८ ओभर दुई बलमा ध्वस्त भयो । इंग्ल्याण्डका ज्याक क्राउलीले ५३ रन बनाउनुबाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन् । बलिङमा भारतका अक्सर पटेलले ६ विकेट लिए भने रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

जवाफमा भारत पहिलो पारीमा एक सय ४५ रनमा अलआउट भएकाे थियाे । उसका लागि रोहित शर्माले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले २७ रन बनाउँदा रविचन्द्रन आश्विनले १७ र शुभंम गिलले ११ रन बनाए । इशान्त शर्माले १० रन जोडे । बलिङमा इंग्ल्याण्डका जोय रुटले पाँच तथा ज्याक लिचले चार विकेट लिए ।

पहिलो पारीमा मात्र ३३ रनले पछाडी रहेको इंग्ल्याण्ड दोस्रो पारीमा जम्मा रनमा अलआउट भयो । इंग्ल्याण्डका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । खाता खोल्न नपाउँदै दुई विकेट गुमाएको इंग्ल्याण्डले ५० रन बनाउँदा पाँच विकेट गुमाएको थियो ।

तर त्यसपछि अरु ३१ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि बेन स्टोकले दोस्रो पारीमा सर्वाधिक २५ रन बनाए । यस्तै जोय रुटले १९ र ओली पोपले १२ रन बनाउँनुबाहेक अरु खेलाडी एकपछि अर्को गरि पेभेलियन फर्किए । इंग्ल्याण्डको दोस्रो पारीलाई ध्वस्त पार्नका लागि अक्सर पटेलले पाँच तथा रविचन्द्रन आश्विनले चार विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest