नेपालले खेल्ने विश्वकप छनाेटका खेलहरू प्रत्यक्ष प्रशारण हुने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पहिलो पटक पाँच सय ४१ खेललाई विश्वभर प्रत्यक्ष प्रशारण गर्नका लागि आइएमजीसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार आइसीसीले आयोजना गर्ने २०२३ को एकदिवसिय विश्वकप, सोहि बर्ष हुने महिला टी २० विश्वकप, पुरुष टी २० विश्वकपका छनोट चरणका खेलहरुको प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

यो क्रममा एक सय ४५ महिलाका खेलहरु, एसोसियट देशले खेल्ने ८० खेलहरुको प्रत्यक्ष प्रशारण हुनेछ बाँकी विश्वकपका खेलहरुपनि हुनेछ । यीनीहरुको सबै उत्पादन र विक्रि आइएमजीले गर्ने भएको छ ।

यो सम्झौता सन् २०२३ सम्मका लागि रहेका छ । आइसीसीले यो सम्झौता डिजिटल प्रविधिको विकाश र प्रयोग बढोस भनेर गरिएको जनाएको छ ।

आइसीसीकाे याे सम्झाैतापछि नेपालले खेल्ने विश्वकप छनाेटका खेलहरूकाे पनि प्रत्यक्ष प्रशारण हुने भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest