तेस्राे टेष्टमा इग्ल्याण्डकाे लज्जास्पद हार

इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । जितसँगै भारतले चार टेष्टको सिरिजमा दुई एकको अग्रता बनाएको छ । अहमदावादमा भएको खेलमा खराब पिचका कारण पाँच दिनको खेल दुई दिनमा नै सकिएको हो ।

अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनम अलआउट भएको थियो ।

इंग्ल्याण्डका ज्याक क्राउलीले ५३ रन बनाउनुबाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन् । बलिङमा भारतका अक्सर पटेलले ६ विकेट लिए भने रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

जवाफमा भारत पहिलो पारीमा एक सय ४५ रनमा अलआउट भएको थियो । उसका लागि रोहित शर्माले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले २७ रन बनाउँदा रविचन्द्रन आश्विनले १७ र शुभंम गिलले ११ रन बनाए । इशान्त शर्माले १० रन जोडे । बलिङमा इंग्ल्याण्डका जोय रुटले पाँच तथा ज्याक लिचले चार विकेट लिए ।

पहिलो पारीमा मात्र ३३ रनले पछाडी रहेको इंग्ल्याण्ड दोस्रो पारीमा जम्मा रनमा अलआउट भयो । इंग्ल्याण्डका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । खाता खोल्न नपाउँदै दुई विकेट गुमाएको इंग्ल्याण्डले ५० रन बनाउँदा पाँच विकेट गुमाएको थियो ।

तर त्यसपछि अरु ३१ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि बेन स्टोकले दोस्रो पारीमा सर्वाधिक २५ रन बनाए । यस्तै जोय रुटले १९ र ओली पोपले १२ रन बनाउँनुबाहेक अरु खेलाडी एकपछि अर्को गरि पेभेलियन फर्किए । इंग्ल्याण्डको दोस्रो पारीलाई ध्वस्त पार्नका लागि अक्सर पटेलले पाँच तथा रविचन्द्रन आश्विनले चार विकेट लिए ।

भारतविरूद्ध टेष्ट क्रिकेटमा इंग्ल्याण्ड कम स्कोरमा समेटिएको यो पहिलो पटक हो । यसअघि इंग्ल्याण्ड भारतविरूद्ध एक सय भन्दा कम रनमा समेटिएको थिएन । तर अहमदावादको पिचमा इंग्ल्याण्डको टिम स्पिनरको अगाडी धरासायी बन्यो ।

मात्र ४९ रनको लक्ष्य पक्ष्याएको भारतले ओभरमा विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि रोहित शर्माले अविजित २५ रन बनाए भने शुभंम गिलले १५ रनकाे याेगदान गरे । पहिलाे टेष्टमा इंग्ल्याण्ड २२७ विजयी भएकाे थियाे भने दाेस्राे टेष्टमा भारत ३१७ रनले विजयी भएकाे थियाे ।

टेष्ट क्रिकेटको इतिहासमा दोस्रो दिनमा नै खेल सकिएको २१ औं खेल हो । यतिमात्र होइन, भारतले दुई दिनमा नै इंग्ल्याण्डविरुद्ध पहिलो पटक टेष्ट जितेको हो भने समग्रमा दोस्रो पटक जितेको हो । यसअघि २०१८ को जुनमा इंग्ल्याण्डले अफगानिस्तानसँग दुई दिनमा बैग्लोरमा टेष्ट जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest