भारतीय बलर बिनय कुमारद्वारा सन्यासकाे घाेषणा

भारतीय तिब्रगतिका बलर विनय कुमारले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन । उनले सोसियल मिडियामा आफुले अन्तराष्ट्रिय र पहिलो श्रेणीको क्रिकेटबाट सन्यास लिएको बताएका हुन । सन्यासको घोषणा उनले ट्विटरबाट दिएका हुन ।

भेट्रान बलर कुमारले सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र विराट कोहलीसँग खेलेका थिए । उनले सन्यासको घोषणा गर्दै भारतबाट खेल्न पाउँदा आफुलाई भाग्यमानी ठानेको र यो करियरमा धेरै कुरा बिर्सन नसक्ने क्षणपनि रहेको बताएका छन ।

उनले भारतका लागि तीन वटै फरम्याटको क्रिकेट खेलेका थिए । जसमा उनले एक टेष्ट, ३१ एकदिवसिय र नौ टी २० खेल खेलेका थिए । जसमा उनले कुल ४९ विकेट लिएका थिए । उनको एकदिवसिय क्रिकेटमा उत्कृष्ट फिगर सन् २०११ मा इंग्ल्याण्डविरुथ थियो । जसमा उनले ३० रन खर्चिएर चार विकेट लिएका थिए ।

उनले आइपीएलमा कोलकाता नाइटराइडर्सबाट खेलेका थिए । उनले रञ्जी ट्रफ्रीमा दुई पटक कर्नाटकाको कप्तानी पनि गरेका थिए । उनले सन् २०१८ मा रञ्जी ट्रफीमा एक सय खेल पुरा गरेका थिए । सन् २०१९ मा उनी कर्नाटकाबाट पुडुचेरीमा बसाई सरेका थिए । पछि उनले त्यहिबाट क्रिकेट खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest