मेयर कपकाे विजेताले ५ लाख रूपैयाँ पाउने

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिमले नगद पाँच लाख रुपैयाँ पाउने भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आगामी २२ गतेदेखि २९ गतेसम्म कीर्तिपुर र मूलपानी मैदानमा मेयरकप प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नगद ५० लाख उपलब्ध गराउने छ ।

प्रतियोगितामा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टिम र सोही प्रतियोगिता खेलेका प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरि अर्को एउटा टिम बनाइने छ । प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस र बागमति प्रदेशले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी पाँचौं टिम भने काठमाडौं महानगपालिकाको टिम हुने छ । उक्त टिममा प्रधानमन्त्री कप खेलेका अरु प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरिने छ ।

मेयर कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पनि स्थगित भएको छ । राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न विभागमा पनि रहेकाले उनीहरुलाई मेयर कपका लागि बन्द प्रशिक्षणबाट केही समयलाई विदा दिइएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest