भारतीय क्रिकेटर युसुफद्वारा सन्यास

भारतीय क्रिकेटर युसुफ पठानले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन ।

सन् २००७ को टी २० विश्वकप र २०११ को एकदिवसिय विश्वकपको उपाधि जित्दा भारतीय टिममा रहेका युसुफले सोसियल मिडियामा खेलाडी जीवनबाट सन्यास लिएको जानकारी दिएका छन ।

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्स र कोलकाताबाट खेलेर उत्कृष्ट प्रदर्शन गरेका युसुफले राष्ट्रिय टिममा पनि विस्फोटक ब्याट्सम्यानको छवी बनाएका थिए ।

उनले घरेलु क्रिकेट बरोड टिमबाट खेलेका थिए । युसुफ पूर्व अलराउण्डर इरफान पठानका दाई हुन । उनले ट्विटरमा विज्ञेप्ती राख्दै खेलाडी करियरबाट विश्राम लिएको बताएका हुन ।

उनले सन् २००७ को टी २० विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा डेब्यु गरेका थिए । जसमा टी २० मा उनले २२ खेल खेलेका थिए भने ५७ एकदिवसिय खेल खेलेका थिए ।

एकदिवसिय क्रिकेटमा उनले आठ सय १० रन बनाउनुका साथै ३३ विकेट लिएका थिए । उनले पहिलो श्रेणीमा एक सय खेल खेलेका थिए ।
उनले पहिलो सिजनको आइपीएल खेल्दा राजस्थानबाट उपाधि जितेका थिए । त्यो बेला गरेको प्रदर्शनका आधारमा उनले राष्ट्रिय टिमको ढोका खोलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest