नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्न त्यसतर्फ गएका छन । सन्दिप अफगानिस्तानी क्रिकेटर रासिद खानको रिप्लेसमा लाहोर कलन्दर्स टिमबाट खेल्न आज पाकिस्तान उडेका हुन ।
जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेटर रासिद खानले पीएसएलको विचमा नै प्रतियोगिता छोड्नु परेको थियो । उनको स्थानमा लाहोरले सन्दिपलाई उचित विकल्पका रुपमा रोजेको हो ।
पीएसएलको ड्राफ्टमा सन्दिप परेपनि अन्तिममा विक्रि भएका थिएनन् । सन्दिपले सन् २०१९ मा पनि लाहोरबाट नै पीएसएल खेलेका थिए । यसपटक सन्दिप विचमा नै टिममा समावेश भएपनि बाँकी सिजन खेल्ने संभावना रहेको छ ।
तर उनले भोली हुने खेल भने खेल्न पाउने छैनन् । सन्दिपले मार्च चार तारिखमा हुने इस्लामाबादविरुद्धको खेलबाट पीएसएलमा सहभागि हुन पाउनेछन । उनले लिगका ६ खेल खेल्न पाउनेछन ।
त्यसपछि उनको टिम अगाडी बढेमा त्यो पनि खेल्नेछन । अहिले लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ ।
Discussion about this post