टाेम मुडी श्रीलंकन क्रिकेट डाइरेक्टर

श्रीलंकन क्रिकेट टिमका पूर्व प्रशिक्षक टोम मुडीलाई नयाँ जिम्मेवारी दिइएको छ । श्रीलंकन क्रिकेट बोर्डले मुडीलाई डाइरेक्टर अफ क्रिकेट बनाएको छ ।

श्रीलंकन क्रिकेट बोर्डले पछिल्लो पटक सिर्जना गरेको नयाँ जिम्मेवारीमा अष्ट्रेलियन मुडीलाई ल्याएको हो ।

उनले श्रीलंकन क्रिकेटमा नयाँ प्रविधि र नयाँ संरचनाको विकाश गर्न सहयोग गर्ने बताइएको छ । बोर्डको क्रिकेट कमिटीले मुडीलाई फेरी आफुहरुसँग काम गर्नका लागि मौका दिएको हो ।

मुडीले सन् २००५ देखि २००७ सम्म मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा श्रीलंका विश्वकपको सन् २००७ मा फाइनलमा पुगेको थियो ।

मुडीले योजना बनाएर अगाडी बढेमा निकै राम्रो काम हुने बताए । उनी यो पोष्टमा तीन बर्षसम्मका लागि रहनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest