श्रीलंकन टी-२० टिमका कप्तानले भिषाका कारण सिरिज गुमाउने संभावना

श्रीलंकन क्रिकेट बोर्डले एंगेलो म्याथ्युजलाई वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि स्ट्याण्ड इन कप्तान बनाएको छ ।

पहिलो पटक श्रीलंका क्रिकेट टिमको कप्तानको जिम्मेवारी पाएका दसुन शनाकाको भिषाको समस्याका कारण म्याथ्युजलाई स्ट्याण्ड इन कप्तान बनाएको हो ।

दसुनको वेष्ट इन्डिज जानका लागि अमेरीकाको ट्रान्जिट भिषामा ढिलाई हुने भएकाले बोर्डले म्याथ्युजलाई पर्ख र हेरको अवस्थामा राखेको छ । केहि दिन अगाडीमात्र लसिथ मालिंगाको स्थानमा दसुनलाई श्रीलंकन क्रिकेटको टी २० टिमको कप्तान बनाइएको थियो ।

तर २९ बर्षे दसुन भिषाको समस्याका कारण वेष्ट इन्डिजविरुद्धको टी २० सिरिज गुमाउन सक्ने संभावना रहेको छ । दसुनले दुई बर्ष अगाडी पासपोर्ट हराएको र त्यो पासपोर्टमा अमेरीकाको ट्रान्जिट भिषा रहेको थियो ।

तर पासपोर्ट हराएपछि उनले नयाँ भिषा प्रक्रिया गर्नुपर्ने भएकाले ढिलो भएको बताइएको छ । जसका कारण उनी टिमसँग वेष्ट इन्डिज जान नपाउने भएका छन । उनको भिषाको कुरामा अमेरीकी दुतावासले विस्तृत रुपमा बुझ्नुपर्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest