मेयर कप महिला क्रिकेटपनि हुने

नेपाल क्रिकेट संघ क्यानले चैत महिनामा ललितपुर महानगरपालिका मेयर कप महिला टी-२० प्रतियोगिता गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा फागुन २२ गतेदेखि २९ गतेसम्म क्यानले पुरुषको काठमाडौं मेयर कप गर्दैछ । त्यो सकिएपछि क्यानले महिलाको क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेका चार टोलीको सहभागिता हुनेछ । जसमा प्रदेश एक, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसँगै ललितपुर महानगरको एउटा टोली बन्ने छ । ललितपुरको टोलीमा समूह चरणबाटै बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीबाट बन्ने छ ।

यो प्रतियोगितालाई महिला क्रिकेटरको नयाँ बर्गिकरणको पनि आधार मान्न सकिने बताइएको छ । नेपाल क्रिकेट संघ क्यान आएपछि महिला क्रिकेटमा दोस्रो प्रतियोगिता हुनेछ ।

यसअघि पीएम कप क्रिकेट प्रतियोगिता दाङमा गरिएको थियो । तर त्यो प्रतियोगिताको पुरस्कार रकम भने अझै टिम र खेलाडीले पाउन सकेका छैनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest