बुम्रा एकदिवसीय सिरिज नखेल्ने

भारतीय तिब्रगतिका बलर जसप्रित बुम्राले इंग्ल्याण्डविरुद्धको एकदिवसिय सिरिज गुमाउने भएका छन ।

ब्यक्तिगत कारणले इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट नखेल्ने भएका बुम्राहले अब एकदिवसिय सिरिजपनि नखेल्ने भएका छन ।

भारतले इंग्ल्याण्डविरुद्ध तीन खेलको एकदिवसिय सिरिज खेल्दैछ । यसका साथै उनले पाँच खेलको टी २० सिरिजपनि नखेल्ने भएका छन ।

बुम्राले ब्यक्तिगत कारण भनेपनि मुख्य कुरा भने सार्वजनिक भएको छैन । टी २० सिरिजमा भने उनलाई विश्राम दिने भनिएको थियो ।

तर अहिले उनले एकदिवसिय सिरिजपनि नखेल्ने भएका हुन । निरन्तर क्रिकेटमा ब्यस्त रहेकाले केहि समय उनलाई आराम दिइएको बताइएको छ ।

भारतले इंग्ल्याण्डसँग मार्च चार तारिखमा अहमदावादमा चौथो टेष्ट खेल्दैछ । त्यसपछि मार्च १२ तारिखबाट टी २० र मार्च २३ बाट एकदिवसिय सिरिज खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest