अष्ट्रेलियाले न्यूजिल्याण्डसामु दुई सय नौ रनको लक्ष्य

न्यूजिल्याण्डविरुद्धको तेस्रो टी २० खेलमा अष्ट्रेलियाले दुई सय नौ रनको लक्ष्य दिएको छ ।

विलिङटनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय आठ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको अष्ट्रेलियाले मात्र ६ रनमा पहिलो विकेट गुमायो ।

उसका ओपनर म्याथ्यु वाडे मात्र ६ रनमा आउट भए । तर दोस्रो विकेटका लागि कप्तान आरोन फिन्च र जोस फिलिपेविच ८३ रनको साझेदारी हुँदा टिम सम्हालिएको थियो ।

तर फिलिपे २७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ४३ रन बनाए । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले फिन्चसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । तर फिन्च ६९ रनमा आउट भएपछि अष्ट्रेलियाले तेस्रो विकेट गुमायो । फिन्चले ४४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै ग्लेन म्याक्सवेल ७० रनमा आउट हुँदा अष्ट्रेलियाको स्कोर एक सय ९४ रन थियो । उनले मात्र ३१ बलमा आठ चौका र पाँच छक्काको मद्दतले ७० रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका इस सोधीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest