न्यूजिल्याण्डविरूद्ध अष्ट्रेलिया ६४ रनले विजयी

न्यूजिल्याण्डविरुद्धको तेस्रो टी २० खेलमा अष्ट्रेलियन ६४ रनले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिज दुई एकको अवस्थामा पुर्याएको छ ।

विलिङटनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय आठ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको अष्ट्रेलियाले मात्र ६ रनमा पहिलो विकेट गुमायो ।

उसका ओपनर म्याथ्यु वाडे मात्र ६ रनमा आउट भए । तर दोस्रो विकेटका लागि कप्तान आरोन फिन्च र जोस फिलिपेविच ८३ रनको साझेदारी हुँदा टिम सम्हालिएको थियो ।

तर फिलिपे २७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ४३ रन बनाए । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले फिन्चसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । तर फिन्च ६९ रनमा आउट भएपछि अष्ट्रेलियाले तेस्रो विकेट गुमायो । फिन्चले ४४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै ग्लेन म्याक्सवेल ७० रनमा आउट हुँदा अष्ट्रेलियाको स्कोर एक सय ९४ रन थियो । उनले मात्र ३१ बलमा आठ चौका र पाँच छक्काको मद्दतले ७० रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका इस सोधीले दुई विकेट लिए ।

सुरुवाती दुई खेल गुमाएको अष्ट्रेलियालाई आजको खेल जित्नैपर्ने दबाव थियो । जसमा अष्ट्रेलिया सफल पनि भयो ।

जवाफमा न्यूजिल्याण्ड १७ ओभर एक बलमा सबै विकेट गुमाउँदै एक सय ४४ रन बनायो ।

२० रनमा पहिलो विकेट गुमाएको न्यूजिल्याण्डले ४८ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । उसले एक सय नौ रन बनाउँदा पाँच विकेट खेर फालेको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र अन्ततः रनमा अलआउट भयो ।

न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिलले सर्वाधिक ४३ रन बनाए । भने डेभोन कोनवेले ३८, मार्क चपमनले १८ तथा ग्लेन फिलिप्सले १३ रनको योगदान गरे । उसका बाँकी खेलाडी सस्तैमा आउट भए ।

न्यूजिल्याण्डको पारीलाई सस्तैमा रोक्नका लागि स्टोन अगरले ६ विकेट लिए । उनले चार ओभरमा ३० रन खर्चिदै ६ विकेट लिए । यस्तै रिले मेरेडिथले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest