पहिलो टेष्टमा अफगानिस्तान १० विकेटले पराजित

अफगानिस्तानविरुद्धको पहिलो टेष्ट जिम्बावेले १० विकेटले जितेको छ । दोस्रो दिन नै सकिएको खेलमा अफगानिस्तानले दिएको मात्र १७ रनको लक्ष्य जिम्बावेले विना विकेटको क्षतीमा पुरा गर्यो ।

यूएईको आबुधावीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पहिलो पारीमा मात्र एक सय ३१ रन बनाएको थियो । जवाफमा कप्तान सिन विलियम्सको शतकको मद्दतले जिम्बावेले पहिलो पारीमा दुई सय ५० रन बनाएको थियो ।

विलियम्सले एक सय पाँच रन बनाउँदा सिकन्दर राजाले ४३ रन बनाए । बलिङमा अफगानिस्तानका अमिर हम्जाले ६ विकेट लिएका थिए ।

दोस्रो पारीमा पनि अफगानिस्तानको ब्याटिङ ध्वस्त भयो । जसका कारण मात्र एक सय ३५ रनमा अलआउट भयो । उसकालागि ओपनर इब्राहिम जार्दनले ७६ रन बनाउँदा अरु खेलाडी सस्तैमा आउट भए । अफगानि टिमको पारीलाई समाप्त पार्न डोनाल्ड र भिक्टोरले तीन तीन विकेट लिए ।

दोस्रो दिनमा जिम्बावेको पहिलो पारी सकिएको थियो भने अफगानिस्तानको दोस्रो पारी पनि समाप्त भएको थियो । मात्र १७ रनको लक्ष्य जिम्बावेले सहजै पुरा गर्यो । यो जितपछि जिम्बावेले सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest