मेयर कपका लागि बागमती प्रदेश टिमकाे घाेषणा

आसन्न काठमाडौं मेयर कपका लागि बागमति प्रदेशले आफ्नो टिमको घोषणा गरेको छ । यहि २२ गतेबाट हुने प्रतियोगिताका लागि बागमती प्रदेशले १५ खेलाडी समेटेर टिमको घोषणा गरेको हो । जसमा पीएम कपमा टिममा नभएकाे तीन खेलाडीलाई यसपटक समावेश गरिएकाे छ ।

जसमा सोनु तामाङ, सुवास खत्री र सोनु देवकोटालाई मौका दिइएको छ । टिममा यसपटक यसअघि प्रधामन्त्री कप खेलेका स्पिनर तिलकराज भण्डारी र विभत्सु थापालाई राखिएको छैन । यसका साथै बागमती प्रदेशले प्रशिक्षकमा पनि कलाम अलीलाई ल्याएको छ । यसअघि पीएम कपमा रिकेश लामालाई प्रशिक्षणको जिम्मेवारी दिइएको थियो ।

टिमका कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन भने उपकप्तानको जिम्मा पृथु बास्कोटाले पाएका छन । पीएम कपको सेमिफाइनलमा पुगेको टिम बागमती यसपटक पनि विभागिए टिमलाई टक्कर दिने प्रतियोगिताका रुपमा रहेको छ ।

बागमतीले यो प्रतियोगिताको पहिलो खेल मुलपानीमा विभागिए टिम नेपाल पुलिससँग खेल्नेछ । त्यसपछि दोस्रो खेल बागमतीले काठमाडौं मेयर ११ सँग खेल्नेछ । मेयर ११ को टिममा तीन विभागिए र बागमती बाहेकका अरु प्रदेशका खेलाडी समावेश गरेर टिम तयार पारिएको छ ।
प्रतियोगिताको तेस्रो खेलमा बागमतीले एपीएफ र लिगको अन्तिम खेलमा आर्मीसँग खेल्नेछ ।

फागुन २२ देखि २९ गतेसम्म हुने यो प्रतियोगितामा शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन । यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ दिनेछ । बाँकी खर्च क्यानले प्रायोजकबाट खोज्नुपर्नेछ ।

बागमती टिम: ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान),पारस खड्का,  सोनु तामाङ, अरियो पौडेल, सोनु देवकोटा, बिपिन आचार्य, सुबास खत्री, दीपेश श्रेष्ठ, आदिल खान, ईशान पाण्डे, आकाश थापा, रामनरेश गिरी, नन्दन यादव र गौतम केसी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest