पाकिस्तान सुपर लिग अनिश्चित समयका लागि स्थगित

पाकिस्तान सुपर लिग अनिश्चित समयका लागि स्थगित भएको छ ।

पछिल्लो पटक केहि टिमका खेलाडी र प्रशिक्षकमा कोरोना पोजेटिभ देखिएपछि पाकिस्तान क्रिकेट बोर्डले आपतकालिन बैठक गरेर प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गर्ने निर्णय गरेको हो । पीसीबीले सबै टिमका म्यानेजर र ब्यवस्थापकसँग भर्चुअलमा छलफल गरेर प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक प्रतियोगिता खेल्न गएका सात जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमा विहिबार विहानमात्र तीन जनामा पोजेटिभ देखिएको थियो ।

पीसीबीले प्रतियोगितामा सहभागी सबैको स्वास्थलाई पहिलो प्राथमिकतामा राखेर अहिलेका लागिस्थगित गर्नुपरेको जनाएको छ । पीसीबीले विज्ञेप्ती जारी गर्दै प्रतियोगिता तत्काल लागु हुने गरेर स्थगित भएको बताएको छ । बोर्डले सबैको फेरी पीसीआर परिक्षण गर्ने भ्याक्सिन र आइसोलेसनको सुविधा सबैका लागि लागु गर्ने बताएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत वामि खानले प्रतियोगिता तत्काल स्थगित भएको बताइएको छ ।

पीएसएलमा यो सिजनमा पाँचौं चरणका खेलहरु भइरहेका थिए । तर अब पीएसएलले कहिलेबाट प्रतियोगिता सुचारु गर्छ भन्ने पत्रकार सम्मेलनबाट जानकारी दिने भएको छ ।

यो प्रतियोगिताका लागि नेपाली क्रिकेटर सन्दिप लामिछानेपनि पुगेका थिए । तर उनले एक खेलपनि खेल्न नपाउँदै प्रतियोगिता स्थगित भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest