इंग्ल्याण्डकाे कमजोर ब्याटिङ

भारतविरुद्धको चौथो टेष्टको पहिलो पारीमा पाहुना टिम इंग्ल्याण्डले कमजोर ब्याटिङ गरेको छ । इंग्ल्याण्ड पहिलो पारीमा दुई सय पाँच रनमा अलआउट भएको छ ।

अहमदावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ७५ ओभर ५ बलमा दुई सय पाँच रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको इंग्ल्याण्डले १५ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका दुबै ओपनर सस्तैमा आउट भए । जसमा ज्याक क्राउली नौ तथा डोम सिब्ले दुई रनमा आउट भए । यस्तै कप्तान जोय रुटपनि पाँच रनमा आउट भएपछि इंग्ल्याण्डले ३० रनमा तीन विकेट खेर फाल्यो ।

स्पिनरलाई साथ दिने पिचमा इंग्ल्याण्डका लागि डान लरेन्सले ४६ रन बनाए भने बेन स्टोकले सर्वाधिक ५५ रन बनाए । यस्तै ओली पोपले २९ तथा जेम्स एन्डरसनले १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्याण्डको पहिलो पारीलाई सस्तैमा समेट्न अक्सर पटेलले चार तथा रविचन्द्रन आश्विनले तीन विकेट लिए । यस्तै मोहम्मद सिराजले दुई विकेट हात पारे ।

चार टेष्टको सिरिजमा भारत दुई एकले अगाडी रहेको छ । यदि यो टेष्ट जितेमा वा बराबरी खेलेमा पनि भारत विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest