यहि शनिबारबाट सुरु हुने काठमाडौं मेयर कपका लागि विभागिए टिम त्रिभुवन आर्मी टिमको घोषणा भएको छ । विनोद भण्डारीको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
आर्मीको टिममा प्रधानमन्त्री कप नखेलेका तीन खेलाडी, सोमपाल कामी, करण केसी र कुशल मल्ल फर्किएका छन । तीन खेलाडी टिममा फर्किदा पीएम कप खेलेका हरिकृष्ण झा र तिब्र गतिका बलर आकाश चन्द भने टिमबाट बाहिरीएका छन ।
प्रधानमन्त्री कपमा तीनै खेलाडी आबुधावीमा भएको टी १० लिगका कारण खेलेका थिएनन् । तरपनि आर्मीले फाइनलमा एपीएफलाई हराएर उपाधि जितेको थियो ।
फागुन २९ गतेसम्म चल्ने मेयर कपमा आर्मीले पहिलो खेलमा नै पीएम कपको फाइनलिष्ट एपीएफसँग खेल्नेछ । यस्तै आर्मीले लिगको दोस्रो खेलमा काठमाडौं मेयर ११ सँग प्रतिस्पर्धा गर्नेछ । फागुन २५ गते अर्को विभागिए टिम नेपाल पुलिससँग खेल्नेछ भने लिगको अन्तिम खेलमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानको आयोजनामा हुन लागेको मेयर कपमा पाँच टिमको सहभागिता रहेको छ । जसको विजेताले ५ लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन ।
मेयर कपका लागि आर्मी टिमः विनोद भण्डारी (कप्तान, विकेटकिपर), सोमपाल कामी, करण केसी, विक्रम सोब, कुशल मल्ल, रोहित, पौडेल, भिम शार्की, हरी चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी, शहाब आलम, अनिल मण्डल, राजु रिजाल
प्रशिक्षक : चन्द्र सावद