अष्ट्रेलियाद्वारा एक सय ५७ रनको लक्ष्य

न्यूजिल्याण्डसँगको चौथो टी २० खेलमा अष्ट्रेलियाले एक सय ५७ रनको लक्ष्य दिएको छ ।

विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको अष्ट्रेलियाले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको उसले ६८ रन बनाउँदा तेस्रो विकेट झार्न पुग्यो ।

अष्ट्रेलियाका मध्यक्रमका खेलाडीविच राम्रो साझेदारी हुन सकेन । उसले ९७ रन बनाउँदा पाँच विकेट गुमाएको थियो ।

उसका लागि म्याथ्यु वाडेले १४ रन बनाए भने जोस फिलिपेले १३, ग्लेन म्याक्सवेलले १८ रन बनाउँदा मार्कुस स्टोनिसले १९ रनको योगदान गरे ।

यस्तै एस्टोन अगरले खाता खोल्न नसक्दा मिचेल मार्स ६ रनमा पेभेलियन फर्किए ।

उसका लागि कप्तान आरोन फिन्चले अविजित ७९ रन बनायो । उनले ५५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा मात्र २६ रन जोडेका थिए । उनले टी २० क्रिकेटमा एक सय छक्का पनि पुरा गरेका छन ।

बलिङमा इस सोधीले तीन तथा ट्रेन्ट बोल्टले दुई विकेट लिए । अष्ट्रेलियालाई सिरिज बचाउनका लागि आजको खेल जित्नैपर्ने दबाव छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest