काठमाडाैं मेयर ११ काे कप्तानी सन्दिपले गर्ने

शनिबारबाट सुरु हुने काठमाडौं मेयर कप क्रिकेटमा मेयर ११ टिमको कप्तानी सन्दिप लामिछानेले गर्ने भएका छन् । क्यानका सचिव अशोक नाथ प्याकुरेलले मेयर ११ टिमको कप्तानी सन्दिप लामिछानेले गर्ने बताए ।

सन्दिप टिममा परेपनि कुनैपनि खेलाडीलाइ बाहिर राखिएकाे छैन । काठमाडाैं मेयर ११ टिममा सन्दिपलाइ राखेपछि कुल खेलाडी संख्या १६ पुर्याइएकाे छ ।

पाकिस्तान प्रिमियर लिग स्थगित भएपछि नेपाली क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किने छन । अफगानिस्तानी क्रिकेटर रासिद खान जिम्बावेविरुद्धको सिरिजका लागि फर्किएपछि लाहोर कलन्दर्सले सन्दिपलाई अनुबन्ध गरेकाे थियाे ।

जसका लागि सन्दिप पाकिस्तान पुगेर क्वारेन्टिनमा बसेका थिए । जहाँ उनले दुई चरणमा कोरोना परिक्षण गर्दा दुबैपटक रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उनी टिममा समावेश भएका थिए । तर पीएसएल खेलिरहेका अरु टिमका सात जनामा कोरोना देखिएपछि अचानक पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिता नै स्थगित गरेको छ । जसका कारण सन्दिपले एक खेलपनि नखेलेर फर्किनुपरेको छ ।

पाकिस्तान सुपर लिगका कारण सन्दिप यो प्रतियोगिता खेल्ने कुनै मौका थिएन । तर अचानक स्थगित भएपछि उनी फेरी मेयर कप खेल्ने भएका हुन् । यदि उनी यो प्रतियोगिता खेलेमा तीन बर्षपछि घरेलु क्रिकेट खेल्नेछन ।

सन्दिपले सन् २०१८ पछि पहिलो पटक घरेलु प्रतियोगिता खेल्ने छन । उनले अन्तिम पटक एभरेष्ट प्रिमियर लिग खेलेका थिए । त्यो बेला बिग ब्यास लिगका लागि जाने भएकाले दुई खेल मात्र खेलेका थिए । गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट हुँदापनि उनी बिग ब्यास लिगमा थिए । अघिल्लो संस्करणको प्रधानमन्त्री कपका बेला उनको आँखाको सल्यक्रिया गरिएको थियो । जसका कारण उनले नेपालमा हुँदापनि प्रतियोगिता खेल्न पाएका थिएनन् ।

५ टिमको सहभागिता रहेको मेयर कप फागुन २२ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । जसमा तीन विभागिए टिम र बागमती प्रदेश र मेयर ११ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले तीन लाख रुपैयाँ हात पार्नेछ ।

सिंगल राउण्डरोविनमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनल खेल्नेछन । प्रतियोगिता कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ ।

काठमाडौं मेयर ११ टिम : सन्दिप लामिछाने (कप्तान) सिद्धान्त लोहनी, विवेक यादव, हरि शंकर शाह, अर्जुन कुमाल, विपिन खत्री, कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल अनिल खरेल, रविन्द्रजंग शाही, विपिन रावल, अनुज चनारा, खडक बहादुर बोहरा र नारायण जोशी ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest